2 Samuel 19:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूलाई प्रेम गर्नेहरूलाई विरोध गर्नुहुन्‍छ र हजुरलाई घृणा गर्नेहरूलाई प्रेम गर्नुहुन्‍छ। हामी अधिकृत र सिपाहीहरू हजुरको निम्‍ति केही होइनौं भनेर प्रष्‍ट गरी देखाइदिनुभयो। म यो स्‍पष्‍ट देख्‍दछु कि हामी सबै मरेर अब्‍शालोम बाँचेका भए हजुर खुसी हुनुहुनेथियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हजूरलाई घृणा गर्नेहरूलाई हजूर प्रेम गर्नुहुन्‍छ, अनि हजूरलाई प्रेम गर्नेहरूलाई घृणा गर्नुहुन्‍छ। हजूरले हामी सेनापतिहरू र हाम्रा मानिसहरूलाई हजूरको दृष्‍टिमा केही होइनौं भनी देखाउनुभयो। यो स्‍पष्‍ट देखियो कि आज अब्‍शालोम बाँचेर हामी सबै मरेका भए हजूर खुशी हुनुहुनेथियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले हजुरलाई घृणा गर्छन्, तिनीहरूलाई चाहिँ हजुर प्रेम गर्नुहुन्छ। अनि जसले हजुरलाई प्रेम गर्छन्, तिनीहरूलाई चाहिँ घृणा गर्नुहुन्छ। सेनापतिहरू र तिनीहरूका मानिसहरू हजुरका निम्ति केही होइन रहेछन् भनी आज हजुरले स्पष्‍ट देखाइदिनुभएको छ। मलाई यस्तो लाग्छ, यदि आज अब्शालोम बाँचेका भए, र हामी सबैचाहिँ लडाइँमा मरेका भए हजुरलाई खुशी लाग्नेथियो होला।
Nepali ERV (पवित्र बाइबल)
जसले तपाईंलाई घृणा गर्यो उसैलाई माया गर्नुहुन्छ। आज तपाईंले तपाईंका अधिकारीहरू र आफ्ना मानिसहरूलाई केही जस्तो नठानेको प्रमाण भयो। मलाई यस्तो लाग्दैछ यदि अब्शालोम चाहिं बाँचेर हामी सबै मारिएको भए तपाईं खुशी हुनुहुन्थ्यो।