2 Samuel 2:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि दाऊदले परमप्रभुलाई सोधे, “के म यहूदाको कुनै एक सहरमा गई त्यसलाई कब्जा गरूँ?” परमप्रभुले जवाफ दिनुभयो, “जाऊ।” दाऊदले सोधे, “कुनचाहिँ सहरमा जाऊँ?” परमप्रभुले भन्नुभयो, “हेब्रोनमा।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि दाऊदले परमप्रभुलाई यसो भनेर सोधे, “के म यहूदाको कुनै एउटा सहरमा जाऊँ?” परमप्रभुले जवाफ दिनुभयो, “उक्लिजाऊ।” दाऊदले सोधे, “कुनचाहिँ सहरमा?” अनि यस्तो जवाफ आयो, “हेब्रोनमा।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समय बित्दै गएपछि दावीदले याहवेहसित यसो भनेर सोधे, “के म यहूदाका कुनै एक सहरमा जाऊँ?” याहवेहले भन्नुभयो, “माथि उक्लिजा।” दावीदले सोधे, “म माथि कुन सहरमा जाऊँ?” याहवेहले जवाफ दिनुभयो, “हेब्रोनमा जा।”
Nepali ERV (पवित्र बाइबल)
पछि दाऊदले परमप्रभुसँग सल्लाह मागे। दाऊदले भने, “के म यहूदाको कुनै शहरमा जाऊँ?” परमप्रभुले दाऊदलाई भन्नु भो, “हो जाऊ।” दाऊदले भने, “त्यसो हो भने म कहाँ जाऊँ।” परमप्रभुले भन्नु भो, “हेब्रोनतर्फ।”