2 Samuel 2:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योआब, जसकी आमा सरूयाह थिइन् र दाऊदका अरू अधिकारीहरूले तिनीहरूलाई तालनिर भेटे र सबै जना त्‍यहाँ एक हुल तालवारि र अर्को हुल तालपारि भई बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सरूयाहका छोरा योआबले दाऊदका फौजको साथमा हेब्रोनबाट धावा गरे। तिनीहरूले एक-अर्कालाई गिबोनको पोखरीनेर भेटे, र एउटाले पोखरीको वारि र अर्काले पोखरीको पारि हमलाको लागि मोर्चा बाँधे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सरूयाहका छोरा योआब र दावीदका मानिसहरू हेब्रोनबाट निस्केर गए। तिनीहरूलाई गिबोनको पोखरीनेर भेटे। एउटा दल पोखरीको एकातिर र अर्को दलचाहिँ अर्कोतिर बसे।
Nepali ERV (पवित्र बाइबल)
सुरूयाहका छोरा योआब र दाऊदका अधिकारीहरू पनि गिबोन गए। तिनीहरूले अबनेर र ईश्बोशेतका अधिकारीहरूलाई गिबोनको पोखरीछेउमा भेट्टाए। अबनेरका मानिसहरू पोखरीको एक छेउमा थिए अनि योआबका मानिसहरू अर्को छेउमा थिए।