2 Samuel 2:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि एक घमासान युद्ध भयो र दाऊदका सेनाले अबनेर र इस्राएलीहरूलाई हराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन घमासान युद्ध भयो, अनि अबनेर र इस्राएलका मानिसहरू दाऊदका फौजको सामु हारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिनको लडाइँ अति भयानक थियो; अनि अबनेर र इस्राएलका मानिसहरू दावीदका मानिसहरूद्वारा परास्त भए।
Nepali ERV (पवित्र बाइबल)
त्यो होडबाजीले भयंकर युद्धको रूप लियो अनि दाऊदका अधिकारीहरूले त्यस दिन अबनेर र इस्राएलीहरूलाई हराए।