2 Samuel 2:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबनेरले फेरि एकपल्‍ट उसलाई भने, “मलाई खेद्‌न छोड। तिमीलाई मार्न किन मलाई कर लगाउँछौ? मैले कसरी तिम्रा दाजु योआबलाई मेरो मुख देखाउनु?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अबनेरले फेरि “मलाई खेद्‌न छोड़िदेऊ” भनी चेताउनी दिए। उनले भने, “मैले तिमीलाई कसरी मार्नु? तिम्रा दाजु योआबलाई मैले कसरी मुख देखाउनु?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फेरि अबनेरले तिनलाई चेतावनी दिए, “मलाई खेद्न छोडिदेऊ! मैले तिमीलाई किन प्रहार गर्नु? तिम्रो दाजु योआबलाई आफ्नो मुख कसरी देखाउनु?”
Nepali ERV (पवित्र बाइबल)
फेरि पनि अबनेरले भने, “मेरो पिछा गर्न छाडि देऊ, होइन भने मेरो हातबाट तिम्रो हत्या हुन्छ। यदि तिमी मेरो हातबाट मारियौ भने मैले तिम्रा दाज्यू योआबलाई कसरी मुख देखाउनु।”