2 Samuel 2:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर योआब र अबीशैले अबनेरलाई खेदे र सूर्य अस्‍ताउँदा तिनीहरू अम्‍मा डाँडामा पुगे। अम्‍मा गिबोनको उजाड-स्‍थानमा पुग्‍ने बाटोमा भएको गीहको पूर्वमा पर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सूर्य अस्‍ताउँदा तिनीहरू गिबोनका खर्कको बाटोमा गीहनेरको अम्‍मा डाँड़ामा नआइपुगुञ्‍जेल योआब र अबीशैले चाहिँ अबनेरलाई खेदी नै रहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर योआब र अबीशैले चाहिँ अबनेरलाई खेदिरहे। घाम डुब्न लाग्दा तिनीहरू गिबोनको उजाड ठाउँतिर जाने बाटोको गीहको छेउमा भएको अम्माको डाँडामा आइपुगे।
Nepali ERV (पवित्र बाइबल)
तर योआब र अबीशैले भने अबनेर कै पछि लागे। अम्मा पहाडको पछिल्लो तिर सुर्य अस्ताउँदै थियो। (अम्मा पहाड गीहको अगाडितिर गिबोन मरूभूमि जाने बाटो तिर पर्थ्यो)