2 Samuel 2:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योआब र तिनका मानिसले असाहेलको लाश लगेर बेथलेहेममा आफ्‍नो परिवारको चिहानमा गाडे। त्‍यसपछि रातभरि हिँडी भोलिपल्‍ट बिहान सबेरै तिनीहरू हेब्रोनमा फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले असाहेललाई बोकेर लगे, र बेथलेहेममा तिनका बुबाको चिहानमा गाड़े। त्‍यसपछि योआब र तिनका मानिसहरू रातभरि हिँड़ेर मिरमिरे उज्‍यालोमा हेब्रोनमा पुगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले असाहेललाई लिएर त्यसका बुबाको चिहान बेथलेहेममा गाडे। त्यसपछि योआब र तिनका मानिसहरू रातभरि हिँडेर बिहान मिरमिरे उज्यालोमा हेब्रोनमा आइपुगे।
Nepali ERV (पवित्र बाइबल)
दाऊदका अधिकारीहरूले असाहेलको लासलाई उसैका बाबुको चिहानको छेउ बेतेलहमा गाडे। योआब अनि उसका मानिसहरू रातभरि हिंडे। तिनीहरू हेब्रोन पुग्दा घाम भरखर झुल्कँदै थियो।