2 Samuel 2:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु तिमीहरूप्रति दयालु र विश्वासयोग्य बनून्। तिमीहरूको यस कामले गर्दा म पनि तिमीहरूसित असल व्यवहार गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसको निम्ति परमप्रभुले तिमीहरूप्रति आफ्नो दृढ़ प्रेम र विश्वसनीयता देखाऊन्, अनि तिमीहरूले यो काम गरेका हुनाले म पनि आफ्नो तर्फबाट तिमीहरूमाथि उही निगाह राख्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तिमीहरूमाथि दया र विश्वासयोग्यता देखाऊन्। अनि तिमीहरूको यस कामको कारण म पनि तिमीहरूप्रति कृपालु हुनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु तपाईं प्रति दयालु र विश्वासयोग्य हुनुहुन्छ र म पनि तपाईंप्रति दयालु हुनेछु किनभने तपाईंले यस्तो दयालु कार्यहरू गर्नु भएकोछ।