2 Samuel 20:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गिलगालमा शेबा नाम गरेको एक जना बेकामको मानिस थियो। त्यो बेन्यामीन कुलका बिक्रीको छोरो थियो। त्यसले तुरही फुकेर जोडले भन्यो, “दाऊदले के दिन सक्छ र? हामी उनको पछि नलागौं। हे इस्राएलका मानिसहरू हो, हामी आ-आफ्ना घर फर्कौं!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शेबा नाउँ भएको एउटा दुष्ट मानिस त्यहाँ पनि थियो, जो बेन्यामीनी बिक्रीको छोरो थियो। त्यसले तुरही फुक्यो, र कराएर भन्यो, दाऊदमा हाम्रो के भाग छ? यिशैको छोरामा हाम्रो केही अधिकार छैन। हे इस्राएल, तिमीहरू आ-आफ्ना पालमा जाओ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ शेबा नाम भएको एउटा बदमास मानिस थियो, जो बेन्यामीनी बिकरीको छोरा थियो। त्यसले तुरही फुक्यो, र जोडले कराएर भन्यो, “दावीदसँग हाम्रो केही भाग छैन, यिशैको छोरासँग हाम्रो कुनै अधिकार छैन! हे इस्राएल, तिमीहरू हरेक आ-आफ्नो छाउनीमा जाऊ!”
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ बिक्रीका छोरा शेबा नाउँ गरेको दुष्ट प्रवृतिका बिन्यामीन कुल समूहका एकजना मानिस थिए। शेबाले तुरही फुकेर मानिसहरू भेला गर्ने भए। तब उसले भने, “हामीसित दाऊदको भाग छैन यिशैको छोरामा हाम्रो कुनै अंश छैन इस्राएल, हामी सबै घर जाऔं आफ्नो पालमा।”