2 Samuel 20:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्को हातमा योआबले आफ्‍नो तरवार समातेका थिए; तर अमासाले त्‍यसको ख्‍यालै गरेनन्। योआबले उनको पेटमा तरवार रोपिदिए र उनको आन्‍द्रा-भुँडी बाहिर निस्‍केर भूइँमा झर्‍यो। अमासा तुरुन्‍तै मरिहाले र योआबले दोस्रोपल्‍ट तरवार चलाउनै परेन। त्‍यसपछि योआब र उनका भाइ अबीशै शेबाको पछि लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अमासाले योआबको हातमा भएको छुरीको ख्‍यालै गरेनन्‌। अनि योआबले तिनको भुँड़ीमा त्‍यो रोपिदिए, र तिनको आन्‍द्रा-भुँड़ी भूइँमा झर्‍यो। तिनले दोस्रो पल्‍ट हिर्काउनैपरेन, किनभने अमासा मरिहाले। तब योआब र तिनका भाइ अबीशै बिक्रीको छोरो शेबालाई खेद्‌दैगए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अमासाले योआबको हातको तरवारतिर ध्यानै दिएनन्। अनि योआबले तिनको पेटमा तरवार रोपिदिए; र तिनको आन्द्राभुँडी बाहिर भुइँमा झारिदिए। फेरि तरवार प्रहार गर्नै नपरी अमासा मरे। त्यसपछि योआब र तिनको भाइ अबीशैले बिकरीको छोरा शेबालाई खेद्न थाले।
Nepali ERV (पवित्र बाइबल)
अमासाले योआबको देब्रे हातमा भएको तरवार ख्यालै गरेनन्। त्यही मौकामा योआबले तरवारद्वारा अमासाको भुँडी रोपिदिन्छ। अमासाको आन्द्रा भुँडी भुँइभरि हुन्छ। योआबले अर्कोचोटि रोप्न परेन ऊ मरिसकेको थियो। तब योआब र तिनका भाइ अबीशैले बिक्रीको छोरा शेबाको लगातार खोजी गर्छन्।