2 Samuel 20:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योआबको एक जना मानिसले अमासाको लाशछेउ उभिएर जोडले भन्यो, “जो-जो योआब र दाऊदपट्टि छन्, तिनीहरू योआबको पछि आऊन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योआबका मानिसहरूमध्येको एक जनाले अमासाका लाशको छेउमा उभेर कराई भन्यो, “योआब र दाऊदतर्फ हुनेहरू सबैले योआबलाई पछ्याऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योआबका एक जना मानिसले अमासाको छेउमा उभिएर भने, “जसले योआबलाई मन पराउँछ, र जो दावीदको पक्षमा छ, त्यसले योआबलाई पछ्याओस्!”
Nepali ERV (पवित्र बाइबल)
योआबका एकजना जवान सिपाही अमासाको लाशको छेउमा उभिएका थिए। त्यस जवान सिपाहीले भने, “ज-जसले योआब र दाऊदलाई समर्थन गर्दछौ, तिमीहरू योआबलाई पछ्याऊ।”