2 Samuel 20:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शेबा त्‍यहाँ छ भनी योआबका मानिसहरूले सुने र तिनीहरू गएर सहरलाई घेरे। तिनीहरूले पर्खालबाहिर माटाका मचान बनाएर घेरे र पर्खाल ढाल्‍न भूइँ खन्‍न थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योआबको फौज आएर शेबालाई हाबिल-बेथ-माकामा घेर्‍यो, अनि एउटा घेरा-मचान बनायो, जो बाहिरी पर्खालको अगाड़ि थियो, र पर्खाल ढाल्‍नलाई तिनीहरूले त्‍यसमाथि प्रहार गर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योआबसँग भएका सबै सेनाहरूले आएर शेबालाई हाबिल-बेथ-माकामा घेरा हाले। तिनीहरूले सहरसम्मै घेराबन्दी गरे, त्यस सहरका बाहिरी पर्खालहरूसम्मै खडा भए। जब तिनीहरूले पर्खाल भत्काउनलाई त्यसमाथि प्रहार गरिरहेका थिए,
Nepali ERV (पवित्र बाइबल)
योआब र तिनका मानिसहरू आबेल बेत-माका आए। योआबका सेनाले शहरलाई घेरे। तिनीहरूले पर्खालको छेउमा माटो थुपारे, जसद्वारा पर्खाललाई नाग्न सकियोस्। योआबका मानिसहरूले पर्खालका ढुङ्गाहरू फुटाउन थाले, जसले पर्खाललाई लडाउँन सकियोस्।