2 Samuel 20:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैले इस्राएलीहरूले दाऊदलाई छोडी शेबाको पछि लागे; तर यहूदाका मानिसहरू दाऊदप्रति वफादार रहे र उनीसित यर्दनदेखि यरूशलेमसम्म गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले बिक्रीको छोरो शेबाको पछि लाग्नलाई इस्राएलका मानिसहरूले दाऊदलाई छोड़े, तर यहूदाका मानिसहरूचाहिँ दाऊदको साथमा लागिरहे, र यर्दनदेखि यरूशलेमसम्म तिनको पछि लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण इस्राएलका सारा मानिसहरूले बिकरीको छोरा शेबाको पछि लाग्नलाई दावीदलाई त्यागे। तर यहूदाका मानिसहरूचाहिँ यर्दनदेखि यरूशलेमसम्म आफ्ना राजासँगै रहिरहे।
Nepali ERV (पवित्र बाइबल)
यसैले सबै इस्राएलीहरू दाऊदलाई छोडेर बिक्रीका छोरा शेबाकापछि लागे। तर यहूदाका सबै मानिसहरू यर्दन नदी देखि यरूशलेमसम्मै बाटोमा राजाका साथ बसे।