2 Samuel 20:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण योआबका सैनिकहरू, राजाका अङ्गरक्षक र अरू सिपाहीहरू यरूशलेमबाट शेबालाई खेद्‌न अबीशैसित निस्‍के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण योआबका मानिसहरू, र करेती र पेलेथी अनि सबै लड़ाका मानिसहरू अबीशैको पछि लागे। तिनीहरू बिक्रीको छोरो शेबालाई खेद्‌न यरूशलेमबाट हिँड़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण योआबका मानिसहरू, करेती र पेलेथीहरू अनि सबै लडाकु सेनाहरू अबीशैको पछि लागे। तिनीहरू बिकरीको छोरा शेबालाई खेद्न यरूशलेमबाट निस्के।
Nepali ERV (पवित्र बाइबल)
यसैकारण योआब अनि अबीशै बिक्रीको छोरा शेवाको पिछा गर्न यरूशलेम छोडे। योआबले आफ्ना साथमा करेती, पलेती र अरू सिपाहीहरू लगे।