2 Samuel 21:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदको राज्यकालमा तीन वर्षसम्म घोर अनिकाल पर्यो। दाऊदले यसबारे परमप्रभुसँग सोधे र परमप्रभुले भन्नुभयो, “शाऊल र त्यसका घरानाले हत्याको अपराध गरेको छ। त्यसले गिबोनका मानिसहरूलाई मार्यो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदको राजकालमा तीन वर्षसम्म लगालग अनिकाल पर्यो। तब दाऊदले परमप्रभुको खोजी गरे। अनि परमप्रभुले भन्नुभयो, “शाऊल र त्यसको घरानामाथि रगतको दोष परेको छ, किनभने त्यसले गिबोनीहरूलाई मार्यो।” यसैकारण अनिकाल परेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदको शासनकालमा लगातार तीन वर्षसम्म अनिकाल पर्यो। यसकारण दावीदले याहवेहसित सोधखोज गरे। याहवेहले भन्नुभयो, “यो शाऊल र त्यसको रगतले मुछिएको घरानाको कारणले गर्दा हो। किनकि त्यसले गिबोनीहरूलाई मार्यो।”
Nepali ERV (पवित्र बाइबल)
दाऊद राजा भएको समयमा अनिकाल लाग्यो। यस्तो भोकमारी तीन वर्षसम्म रह्यो। दाऊदले परमप्रभुलाई प्रार्थना गरे अनि परमप्रभुले जवाफ दिनु भयो। परमप्रभुले भन्नु भयो, “शाऊल र तिनका परिवार हत्या हुनाले गर्दा यस्तो परिस्थिति झेल्नु परेको हो। शाऊलले गिबोनीहरू मारेकोले गर्दा यो अनिकाल लागेको हो।”