2 Samuel 21:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब अय्‍याकी छोरी अथवा शाऊलकी रखौटी रिश्‍पाले तिनीहरूका लाश राखिएको चट्टानमाथि भाङ्ग्राको कपडाले एउटा ओत लाग्‍ने ठाउँ बनाई र कटनी सुरु भएदेखि शरद् ऋतुको वर्षा सुरु नभएसम्‍म त्‍यहाँ बसिरही। दिउँसो त्‍यसले लाशबाट चराहरू भगाइदिन्‍थी र राती जङ्गली जन्‍तुहरूबाट लाशको रक्षा गर्थी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अय्‍याकी छोरी रिश्‍पाले भाङ्‌ग्रा लिएर कटनीको सुरुदेखि जबसम्‍म आकाशबाट पानी तिनीहरूका मृत-शरीरमा परेन, तबसम्‍म आफ्‍नो निम्‍ति त्‍यस चट्टानमा ओछ्यानजस्‍तै बनाई। त्‍यसले दिनमा आकाशका पक्षीहरूलाई र राती जङ्गलका पशुहरूलाई ती लाशहरू खान दिइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अय्याकी छोरी रिश्पाले भाङ्ग्रा लिएर त्यसलाई एउटा चट्टानमाथि आफ्ना निम्ति बिछ्याइन्। कटनीको सुरुवातको दिनदेखि मृत शरीरहरूमा आकाशबाट पानी नपरेसम्म तिनले दिउँसो आकाशका चराहरू र राति जङ्गली पशुहरूलाई ती मृत शरीरहरू छुन दिइनन्।
Nepali ERV (पवित्र बाइबल)
रिस्पा, एयाइकी छोरीले भाडरा आफ्नै निम्ति चट्टानमाथि राखिन्। भाडरा चट्टामाथि फसल काटिने शुरू देखि लिएर वर्षाको शुरू नहुञ्जेल सम्म बसिन्। रिश्पाले रात दिन मृत्य शरीरको ख्याल गरिन्। दिन समयमा कुनै चराहरूलाई लाशको छेउमा आउँन दिइनन् रातमा पनि तिनले जङ्गली जनावरहरूलाई लाशको छेउमा आउँन दिइनन्।