2 Samuel 21:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले गिलादका याबेशमा बास गर्ने मानिसहरूबाट शाऊल र तिनका छोरा जोनाथनका हाडहरू लिएर आए। गिल्बो पर्वतमा शाऊललाई मारेको दिन पलिश्तीहरूले तिनीहरूलाई बेथ-शानको चोकमा झुन्डाएका थिए, जहाँबाट तिनीहरूले ती हड्डी चोरेर लगेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनी गएर शाऊल र उनका छोरा जोनाथनका हड्डीहरू याबेश-गिलादका मानिसहरूबाट ल्याए। (यी मानिसहरूले ती हड्डीहरू पलिश्तीहरूले शाऊललाई गिल्बोमा जितेको दिन झुण्ड्याएको ठाउँ, अर्थात् बेथ-शानको चोकबाट चोरेर लगेका थिए।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनी गएर याबेश-गिलादका नगरबासीहरूबाट शाऊल र तिनका छोरा जोनाथनका हड्डीहरू लिए। (तिनीहरूले बेथ-शानको चोकबाट ती चोरेर लगेका थिए, जहाँ पलिश्तीहरूले शाऊललाई गिल्बोमा मारेपछि तिनीहरूलाई झुण्ड्याएका थिए।)
Nepali ERV (पवित्र बाइबल)
तब दाऊदले याबेश गिलादको मानिसहरू शाऊल र जोनाथनका हड्डीहरू ल्याए पछि याबेशक मानिसहरूले तिनीहरूको शरीर बेत-शानका सार्वजनिक ठाउँबाट चोरेर ल्याए, जहाँ पलिश्तीहरूले शाऊल र जोनाथनलाई मारे पछि गल्बिम झुण्डाएका थिए।