2 Samuel 21:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पलिश्ती र इस्राएलीहरूका माझ अर्को एउटा लडाइँ भयो र दाऊद आफ्ना सैनिकहरूसित गएर पलिश्तीहरूसित लडे। त्यो लडाइँमा दाऊद साह्रै थाकेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि पलिश्ती र इस्राएलीहरूका बीचमा लड़ाइँ चम्कियो। दाऊद र तिनका मानिसहरू लड़ाइँ गर्नलाई झरे, तर जब तिनी पलिश्तीहरूसँग लड़ाइँ गरिरहेका थिए, तब तिनी साह्रै थाके।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फेरि एक पटक पलिश्तीहरू र इस्राएलीहरूको बीचमा लडाइँ भयो। दावीद आफ्ना सेनाहरूसँग पलिश्तीहरूको विरुद्धमा युद्ध गर्नलाई ओर्ले। युद्धमा दावीद थकित भए।
Nepali ERV (पवित्र बाइबल)
पलिश्तीहरूले इस्राएलसँग अर्को युद्ध शुरू गरे। दाऊद र तिनका मानिसहरू पलिश्तीहरूसँग युद्ध गर्न गए। तर दाऊद साह्रै कमजोर र थकित थिए।