2 Samuel 21:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इश्‍बीबनोब नाम गरेका हातमा साँढे तीन किलोग्राम वजन भएको काँसाको भाला लिएको र कम्‍मरमा नयाँ तरवार भिरेको रफाको एउटा सन्‍तान त्‍यहाँ थियो। त्‍यसले दाऊदलाई मार्ने विचार गर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब रफाका सन्‍तानहरूमध्‍येको एक जना, इश्‍बी-बनोबले, जसको काँसाका भालाको ओजन साँढ़े तीन किलोग्राम थियो, र जसले नयाँ तरवार भिरेको थियो, त्‍यसले दाऊदलाई मार्छु भनेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि इश्बी-बनोब, रफाका सन्तानहरूमध्येका एक, जसको भालाको ओजन तीन सय शेकेल काँसोको थियो, र जसले एउटा नयाँ तरवार भिरेको थियो; त्यसले दावीदलाई मार्ने बिचार गर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
इशबि-बेनोब रपाईम जातिका थिए। इशबि-बेनोबको भालाको ओजन 300 शेकेलको थियो। उसको नयाँ तरवार पनि थियो। उसले दाऊदलाई मार्ने कोशिश गर्यो।