2 Samuel 21:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सरूयाहको छोरो अबीशै दाऊदलाई सहायता गर्न आए र त्‍यस पलिश्‍तीलाई हिर्काएर मारे। त्‍यसपछि दाऊदका मानिसहरूले “तपाईं नै इस्राएलको आशा हुनुहुन्‍छ” भनेर डराए र दाऊद तिनीहरूसँग लडाइँमा अब कहिल्‍यै जानेछैनन् भनी उनको सामु प्रतिज्ञा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसै बेला सरूयाहका छोरा अबीशै दाऊदलाई सहायता गर्नलाई आए। तिनले त्‍यस पलिश्‍तीलाई हिर्काएर मारे। तब दाऊदका मानिसहरूले इस्राएलको प्रकाश नै निभ्‍नेछ भन्‍ने डरले दाऊद तिनीहरूसँग लड़ाइँमा अब कहिल्‍यै जानेछैनन्‌ भनी तिनको सामु शपथ खाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर सरूयाहका छोरा अबीशै दावीदलाई बचाउन आए, र त्यस पलिश्तीलाई प्रहार गरेर मारिदिए। तब दावीदका मानिसहरूले राजासँग शपथ खाएर भने, “अबदेखि तपाईं हामीसँग लडाइँमा जानुहुनेछैन, ताकि इस्राएलको बत्ती ननिभोस्।”
Nepali ERV (पवित्र बाइबल)
तर सरूयाहका छोरा अबीशैले त्यस पलिश्तीलाई मारेर दाऊदको ज्यान बचाए। तब दाऊदका मानिसहरूले दाऊदसँग प्रतिज्ञा गरे। उनीहरूले तिनलाई भने, “तपाईं अबदेखि हामीसँग युद्ध गर्न जानुहुने छैन। यदि जानुभयो भने, इस्राएलले साह्रै ठूला नेता हराउने छन।”