2 Samuel 21:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(गिबोनका मानिसहरू इस्राएली कुलका थिएनन्। तिनीहरू एमोरीहरूको एउटा सानो दल थिए। इस्राएलीहरूले तिनीहरूको रक्षा गर्ने गरेका थिए। तर शाऊलले तिनीहरूलाई तिनका इस्राएल र यहूदाका मानिसको निम्ति भएको जोशले गर्दा नाश पार्न खोजेका थिए)।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
(गिबोनीहरू इस्राएलका कुलका थिएनन्। उनीहरू एमोरी वंशका बचेकाहरू थिए, जसलाई इस्राएलीहरूले बचाइराख्ने शपथ खाएका थिए। तापनि शाऊलले इस्राएल र यहूदाका निम्ति आफ्नो जोशमा तिनीहरूलाई खतम गर्ने कोशिश गरेका थिए।) यसैकारण दाऊद राजाले गिबोनीहरूलाई बोलाएर भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले गिबोनीहरूलाई बोलाए, र तिनीहरूसँग कुरा गरे। (गिबोनीहरूचाहिँ इस्राएलको वंशका थिएनन्, तर एमोरीहरूबाट बाँचेकाहरू थिए। इस्राएलीहरूले तिनीहरूलाई बचाइराख्ने शपथ खाएका थिए। तर शाऊलले चाहिँ इस्राएल र यहूदाप्रतिको आफ्नो जोशमा तिनीहरूको नामनिशानै मेटिदिने कोसिस गरेका थिए।)
Nepali ERV (पवित्र बाइबल)
(गिबोनीहरू इस्राएली थिएनन्। तिनीहरू त अमोरीहरू समूहका थिए। इस्राएलीहरूले गिबोनीहरूलाई केही घात नगर्ने वचन दिएका थिए। तर शाऊलले गिबोनीहरूलाई मार्न चाहे कारण थियो शाऊलको इस्राएली र यहूदाप्रति ज्यादा झुकाव।) राजा दाऊदले गिबोनीहरूलाई भेला गराए र कुरा गरे।