2 Samuel 21:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण दाऊदले गिबोनबासीहरूलाई बोलाएर भने, “म तिमीहरूको निम्‍ति के गर्न सक्‍छु? तिमीहरूमाथि गरिएको अन्‍यायको सट्टामा म तिमीहरूको के भलाइ गर्न सक्‍छु र तिमीहरूले परमप्रभुको प्रजालाई आशीर्वाद दिन सकौला।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म तिमीहरूका निम्‍ति के गरूँ? परमप्रभुका आफ्‍नै निज प्रजालाई तिमीहरूले आशीर्वाद दिनलाई म कसरी प्रायश्‍चित गर्न सक्‍छु?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले गिबोनीहरूलाई सोधे, “म तिमीहरूका निम्ति के गरूँ? म कसरी प्रायश्‍चित गरूँ, र तिमीहरूले याहवेहको उत्तराधिकारलाई आशिष् दिनेछौ?”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले गिबोनीहरूलाई भने, “म तिमीहरूको निम्ति के गर्न सक्छु? इस्राएलको पापलाई कसरी धुँदा तिमीहरूले परमप्रभुका मानिसहरूलाई आशीर्वाद दिन सक्छौ?”