2 Samuel 22:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा परमेश्‍वर मेरो सुरक्षा हुनुहुन्‍छ, उहाँसँग हुँदा म सुरक्षित छु। ढालले झैँ उहाँले मलाई रक्षा गर्नुहुन्‍छ, उहाँले मलाई आक्रमणबाट सकुशल राख्‍नुहुन्‍छ। उहाँले मेरो उद्धार गर्नुहुन्‍छ; उहाँले मेरो रक्षा गर्नुहुन्‍छ र मलाई हिंसाबाट बचाउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा परमेश्‍वर मेरो चट्टान हुनुहुन्‍छ, जसमा म शरण लिन्‍छु। उहाँ मेरो ढाल, मेरा शक्तिशाली उद्धारक, मेरो गढ़, मेरो शरणस्‍थान र मेरा उद्धारकर्ता हुनुहुन्‍छ। तपाईं मलाई हिंसात्‍मक मान्‍छेबाट बचाउनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा परमेश्‍वर मेरा चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। मेरो ढाल र मेरो उद्धारको सिङ हुनुहुन्छ। उहाँ मेरो गढ, मेरो शरणस्थान र मेरो उद्धारकर्ता हुनुहुन्छ। तपाईंले मलाई हिँस्रक मानिसहरूबाट बचाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
उहाँ नै मेरो परमेश्वर, मेरो बचाउँको निम्ति म चट्टानमा दौडन्छु परमेश्वर मेरो सुरक्षा कवच उहाँको परमशक्तिले मलाई बचाउँछ परमप्रभु मेरो शरणस्थल हुनुहुन्छ मेरो सुरक्षाको स्थान, मेरो उच्च टाकुरामा निर्दयी शत्रुहरूबाट मलाई बचाउँनुहुन्छ।