2 Samuel 22:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिनीहरूलाई चकनाचुर पार्दछु र तिनीहरू धूलोजस्‍तो भइहाल्‍छन्। म तिनीहरूलाई बाटोको हिलोलाई झैँ खुट्टाले कुल्‍चन्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भूइँको धूलोजस्‍तै मैले तिनीहरूलाई धूलोपीठो पारेँ, गल्‍लीको हिलोझैँ मैले तिनीहरूलाई कुल्‍चें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनीहरूलाई पृथ्वीको धुलोजस्तै मसिनो पारिदिएँ; अनि मैले तिनीहरूलाई सडकको हिलोझैँ कुल्चिदिएँ, र किचीमिची पारिदिएँ।
Nepali ERV (पवित्र बाइबल)
मैले शत्रुलाई धूलोपिठो हुनेगरी ठटाएँ तिनीहरू धूलो जस्तै भुँइमा परे गल्लीको हिलो टेके जस्तै मैले तिनीहरूलाई किचिमिची पारें।