2 Samuel 22:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो विपत्तिमा मैले परमप्रभुलाई पुकारें; मैले सहायताको लागि मेरा परमेश्वरलाई पुकारें। आफ्नो मन्दिरमा उहाँले मेरो सोर सुन्नुभयो; मद्दतको लागि उहाँले मेरो पुकारा सुन्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो आपत्मा मैले परमप्रभुलाई पुकारा गरें, मैले मेरा परमेश्वरलाई हपारें। आफ्नो मन्दिरबाट उहाँले मेरो सोर सुन्नुभयो, र मेरो पुकारा उहाँका कानमा पुग्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो सङ्कष्टमा मैले याहवेहलाई पुकारेँ; मैले मेरा परमेश्वरलाई पुकारेँ। उहाँले आफ्नो भवनबाट मेरो सोर सुन्नुभयो; मेरो चीत्कारहरू उहाँका कानमा पुग्यो।
Nepali ERV (पवित्र बाइबल)
हो, मैले परमप्रभुलाई पुकारें जब म खतरामा थिए, मैले परमेश्वरलाई पुकारें। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थ्यो। उहाँले मेरो आवाज सुन्नु भयो। मेरो सहायताको चिच्याई उहाँले सुन्नु भयो।