2 Samuel 22:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्‍वी हल्‍लियो र काम्‍यो; आकाशका जगहरू कामे र थरथराए किनभने परमेश्‍वर रिसाउनुभएको थियो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पृथ्‍वीमा कम्‍पन भयो, अनि भूकम्‍प गयो, आकाशका जगहरू हल्‍लिए। तिनीहरू थरथर कामे, किनभने उहाँ रिसाउनुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पृथ्वी काम्यो, र हल्‍लियो; आकाशका जगहरू हल्‍लिए; तिनीहरू कामे किनकि परमेश्‍वर रिसाउनुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
पृथ्वी हल्लियो, भुईचालो गयो आकाशको आधार हल्लियो किन? किनभने परमप्रभु रिसाउनु भएको थियो।