2 Samuel 23:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिशैका छोरा दाऊद थिए, जसलाई परमेश्वरले महान् बनाउनुभएको थियो, जसलाई याकूबका परमेश्वरले राजा हुन अभिषेक गर्नुभयो र जसले इस्राएलीहरूका निम्ति राम्रा भजनहरू रच्ने गर्थे। दाऊदका अन्तिम वचनहरू यी हुन्:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदका आखिरी वचन यी नै हुन्: यिशैका छोरा दाऊदको वाणी यही हो, ती मानिसको वाणी, जसलाई परमेश्वरले उच्च पार्नुभयो, याकूबका परमेश्वरद्वारा अभिषिक्त राजा, र इस्राएलका भजनहरू गाउनेको वाणी:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदका अन्तिम वचनहरू यिनै हुन्: “यिशैका छोरा दावीदका दिव्य वाणी, सर्वोच्चद्वारा उच्च पारिएका मानिसको वाणी, याकोबका परमेश्वरद्वारा अभिषेक गरिएका मानिस, इस्राएलका लोकप्रिय भजन-गायक:
Nepali ERV (पवित्र बाइबल)
यी दाऊदका अन्तिम वचनहरू यिनै, यिशैका छोरा दाऊदको सन्देश हो यो। यो सन्देश तिनैको हो-जसलाई परमेश्वरले महान् बनाउनुभयो, जो याकुबको परमेशवरद्वारा छानिएका राजा जो इस्राएलको मधुर गीतका गायक।