2 Samuel 23:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कटनीको समय सुरु हुने बेलामा ‘तीस जना मुख्‍य’ मध्‍ये तीन जना अदुल्‍लामको गुफामा गए। दाऊद त्‍यहाँ थिए र एक दल पलिश्‍तीहरू रपाईंको बेसीमा छाउनी हालेर बसेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कटनीको सुरुतिर तीस जना मुख्‍य मानिसहरूमध्‍येका ती तीन जना वीरहरू अदुल्‍लामको ओड़ारमा दाऊदकहाँ आए। पलिश्‍तीहरूको एक दलचाहिँ रपाईहरूको बेँसीमा छाउनी हालेर बसेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कटनीको समयमा तीस जना मुख्य वीरहरूमध्ये तीन जना अदुल्‍लामको गुफामा दावीदकहाँ आए। एक दल पलिश्तीहरूचाहिँ रपाईमको बेँसीमा छाउनी हालेर बसेका थिए।
Nepali ERV (पवित्र बाइबल)
एकपल्ट, दाऊद अदूलामको ओढारमा थिए अनि पलिश्ती सैनिकहरू चाहिं तल रपाईम बेंसीमा थिए। दाऊदका तीस वीर सैनिकहरूमध्ये तीन जनाचाहिं घस्रिंदै दाऊद भएको गुफामा आए।