2 Samuel 23:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदका नामी योद्धाहरूका नाम यी हुन्— पहिलो तहकमोनीबाट योशब-बश्‍शेबेत, ‘तीन प्रख्‍यात’ मध्‍येका मुख्‍य। तिनले आफ्‍नो भाला लिएर आठ सय मानिसहरूसित युद्ध गरे र एउटै युद्धमा सबैलाई मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदका वीर-वीर मानिसहरूका नाउँ यी नै हुन्‌। पहिलो तहकमोनीबाटका योशब-बश्‍शेबेत थिए— तीन जना वीरमध्‍येका मुख्‍य। तिनले आठ सय जनामाथि भाला चलाएर एकै पटकमा उनीहरू सबैलाई मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदका वीर मानिसहरूका नाम यिनै हुन्: तहकमोनी योशब-बश्शेबेत, जो तीन जनामध्येका प्रमुख थिए। तिनले एकै पटकको लडाइँमा भालाले आक्रमण गरेर आठ सय जना मानिसहरूलाई मारेका थिए।
Nepali ERV (पवित्र बाइबल)
तहकमोनि योशैब्बश्शेबेतका अधिकारमा भएका सिपाहीका नामहरू यसप्रकार छन। दाऊदका योशैब्बश्शेबेत तीनजना वीरहरूका कप्तान थिए। योशैब्बश्शेबेतले एकैचोटिमा 800 मानिसहरूलाई मारे।