2 Samuel 24:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि एकचोटि परमप्रभु इस्राएलीहरूसित रिसाउनुभयो र दाऊदलाई इस्राएलीहरूमाथि कष्ट ल्याउन लाउनुभयो। परमप्रभुले दाऊदलाई भन्नुभयो, “गएर इस्राएल र यहूदाका प्रजाको गन्ती गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि परमप्रभुको क्रोध इस्राएलीहरूमाथि दन्कियो, अनि उहाँले दाऊदलाई तिनीहरूका विरुद्धमा सुर्याउनुभयो, र तिनलाई इस्राएल र यहूदाको गणना गर्नू भनी हुकुम गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फेरि एक चोटि याहवेह इस्राएलीहरूसँग रिसाउनुभयो। अनि उहाँले दावीदलाई सुर्याउनुभयो, “जा, गएर इस्राएल र यहूदाको जनगणना गर्।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु फेरि एकपल्ट इस्राएलसित रिसाउनु भयो। परमप्रभुले दाऊदलाई इस्राएलीहरूको बिरोधी बनाइदिनु भयो। दाऊदले भने, “इस्राएल र यहूदाका मानिसहरू कति छन् गन्ती गर।”