2 Samuel 24:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[11-12] परमप्रभुले दाऊदका अगमवक्ता गादलाई भन्‍नुभयो, “जा, गएर दाऊदलाई भन् कि म त्‍यसलाई तीन कुरामा एक कुरा रोज्‍ने मौका दिँदछु। त्‍यसले जे रोज्‍छ, त्‍यही म गर्नेछु।” भोलिपल्‍ट बिहान दाऊद उठेपछि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी भोलिपल्‍ट बिहानै उठे। तर यसै बीचमा परमप्रभुको वचन दाऊदका अगमवक्ता गादकहाँ आइसकेको थियो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट बिहान दावीद उठ्नुभन्दा अगि नै अगमवक्ता गाद, अर्थात् दावीदका भविष्यवक्ता गादलाई याहवेहको वचन यसो भन्दै आइसकेको थियो:
Nepali ERV (पवित्र बाइबल)
जब भोलिपल्ट बिहान दाऊद उठे, त्यस बेलासम्म दाऊदको गाद अगमवक्ता कहाँ परमप्रभुको वचन आइसकेको थियो।