2 Samuel 24:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गाद तिनीकहाँ गए र परमप्रभुले आफूलाई भन्‍नुभएको कुरा राजालाई सुनाए। तिनले सोधे, “हजुर कुनचाहिँ रोज्‍न चाहनुहुन्‍छ? देशमा तीन वर्षसम्‍म अनिकाल वा तीन महिनासम्‍म आफ्‍ना शत्रुहरूदेखि भागिहिँड्‍नुपर्ने वा देशभरि तीन दिनको महामारी? अब राम्ररी सोच्‍नुहोस् र मैले परमप्रभुकहाँ लैजानुपर्ने जवाफ दिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब गाद आएर त्‍यही कुरा दोहोर्‍याएर दाऊदलाई भने, “हजूरको देशमा तीन वर्षसम्‍म अनिकाल परोस्, अथवा तीन महिनासम्‍म हजूरलाई खेद्‌ने शत्रुहरूबाट भागिरहने हजूरको अवस्‍था होस्, वा हजूरको देशमा तीन दिनसम्‍म रूढ़ी चलोस्‌? अब विचार गर्नुहोस्, र मलाई पठाउनुहुनेकहाँ मैले के जवाफ लानुपर्छ सो भन्‍नुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीदकहाँ गएर गादले तिनलाई भने, “तपाईंको देश तीन वर्षको अनिकालमा परेको, अथवा तपाईं तीन महिनासम्म आफ्ना शत्रुहरूद्वारा खेदोमा परेको, अथवा तपाईंको देशमा तीन दिनको महामारी चलेको, अब यसलाई राम्रोसँग विचार गर्नुहोस् र मैले मलाई पठाउनुहुनेलाई कसरी जवाफ दिने हो, त्यो निर्णय लिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
गाद गएर दाऊदलाई भने, “कुनै तीनवटा मध्ये एउटा छान्नुः 1-तपाईं र तपाईंको देशमा सात वर्ष सम्म अनिकाल लाग्नेछ। 2-तपाईंका शत्रुहरूले तपाईंलाई तीन महीनासम्म खेद्ने छन्। 3-देशमा तीन दिनसम्म महामारी फैलिनेछ। विचार गरेर कुनै एउटा छान्नुहोस्। जसमा म परमप्रभुलाई तपाईंको इच्छा जनाउन सकूँ। यसैको निम्ति परमप्रभुले मलाई तपाईंकहाँ पठाउनु भएको हो।”