2 Samuel 24:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू नाश गर्दैगरेको दूतलाई दाऊदले देखे र परमप्रभुलाई भने, “दोषी म हुँ। दोष गर्ने मानिस म हुँ। यी बिचरा मानिसहरूले के दोष गरेका छन् र? तपाईंले म र मेरो परिवारलाई दण्ड दिनुपर्ने हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब दाऊदले मानिसहरूलाई मार्दैगर्ने ती स्वर्गदूतलाई देखे, तब तिनले परमप्रभुलाई भने, “यो खराबी त मैले पो गरेको हुँ, पाप मेरै हो। तर यी बिचरा भेड़ाहरूले के गरेका थिए? तपाईंको हात म र मेरो घरानामाथि परोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब दावीदले मानिसहरूलाई प्रहार गरिरहेका स्वर्गदूतलाई देखे, तब तिनले याहवेहलाई भने, “मैले पाप गरेको हुँ; म गोठालोले गलत काम गरेको हुँ। यिनीहरू त भेडाहरू मात्र हुन्। तिनीहरूले के गरेका छन् र? तपाईंको हात ममाथि र मेरो परिवारमाथि परोस्!”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले स्वर्गदूतले मानिसहरूलाई मारेको देख्यो। दाऊदले परमप्रभुलाई भने, “मैले पाप गरें! मैले अपराध गरें। अनि यी मानिसहरूले मेरो आज्ञा पालन गरे, तिनीहरूले मलाई भेडाले झै पच्छ्याए। तिनीहरूको कुनै अपराध छैन। दया गरी मेरा पिताका सन्तानहरूलाई र मलाई दण्ड दिनुहोस्।”