2 Samuel 24:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण तिनले योआब र तिनीसँग भएका सेनाका अधिकृतहरूलाई दानदेखि बेर्शेबासम्म इस्राएलका सबै कुलहरूका चारैतिर गएर मानिसहरूका गणना गरेर तिनका सङ्ख्या तिनीकहाँ ल्याउन हुकुम गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण दाऊदले योआब र तिनीसँग भएका सेनापतिहरूलाई दानदेखि बेर्शेबासम्म इस्राएलका सबै कुलहरूका चारैतिर गएर लड़ाकू मानिसहरूको गणना गरेर तिनीहरूको संख्या तिनीकहाँ ल्याउन भनी हुकुम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीदले योआब र तिनका अधीनमा भएका सेनाहरूका सेनापतिहरूलाई भने, “दानदेखि बेर्शेबासम्म इस्राएलका कुलहरूका बीचमा गएर लडाकु मानिसहरूको संख्या लिनू, ताकि सेनाहरू कति छन्, सो म जान्न सकूँ।”
Nepali ERV (पवित्र बाइबल)
राजा दाऊदले सेनाका कप्तान योआबलाई भने, “इस्राएलको दानदेखि बेर्शेबासम्मका सबै वंश परिवार समूहका बीचमा गएर मानिसहरू कति छन् गन्ती गर। त्यसपछि कति मानिस छन् भनेर मलाई थाहा हुनेछ।”