2 Samuel 24:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरौनाले भने, “महाराज, लिनुहोस्! जे हजुरलाई इच्‍छा लाग्छ, त्‍यो परमप्रभुलाई चढाउनुहोस्। वेदीमा बलिदानस्‍वरूप होमबलि गर्नलाई यी गोरुहरू छन्, आगो बाल्‍नको निम्‍ति यी जुवा र खलाका काठपात छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरौनाले दाऊदलाई भने, “बिन्‍ती छ, हजूर, त्‍यो लानुहोस्, र जस्‍तो योग्‍य सम्‍झनुहुन्‍छ, त्‍यस्‍तो बलिदान चढ़ाउनुहोस्‌। होमबलिको निम्‍ति मकहाँ गोरुहरू र दाउराको निम्‍ति तिनका जुवा र दाइँ गर्ने काठहरू छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरौनाले दावीदलाई भने, “मेरा मालिक महाराजालाई जे इच्छा लाग्छ, लिनुहोस् र बलिदान चढाउनुहोस्। होमबलि चढाउनलाई गोरुहरू यहाँ छन्, र दाउराका निम्ति दाइँ गर्ने काठहरू र गोरुका जुवाहरू पनि यहाँ छन्।
Nepali ERV (पवित्र बाइबल)
अरौनाले दाऊदलाई भने, “मेरो मालिक राजा बलिदान चढाउनको निम्ति तपाईंले जे लगे पनि हुन्छ। होमबलिको निम्ति मसँग गोरूहरू छन्, दाउराका निम्ति दाइँ गर्ने काठ र जुवा लानुहोस्।