2 Samuel 24:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि तिनले परमप्रभुको निम्‍ति एउटा वेदी बनाए र होमबलि र मेलबलिहरू चढाए। परमप्रभुले राजाको प्रार्थना सुन्‍नुभयो र इस्राएलमा महामारी रोकियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ तिनले परमप्रभुको निम्‍ति एउटा वेदी बनाए, र होमबलि र मेलबलिहरू चढ़ाए। तब देशको निम्‍ति तिनले गरेको प्रार्थना परमप्रभुले स्‍वीकार गर्नुभयो, र इस्राएलमा चलेको रूढ़ी थामियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले त्यहाँ याहवेहका निम्ति एउटा वेदी बनाए। अनि त्यसमा होमबलि र मेलबलि चढाए। तब देशका निम्ति गरिएको प्रार्थना याहवेहले सुन्‍नुभयो। अनि इस्राएलमाथि आएको महामारी थामियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि दाऊदले परमप्रभुको निम्ति एउटा वेदी त्यहाँ बनाए। दाऊदले होमबलि र मेलबलिहरू चढाए। परमप्रभुले उनले देशको निम्ति गरेको प्रार्थना स्वीकार गर्नुभयो। परमप्रभुले महामारीको प्रकोपबाट इस्राएललाई बचाउनु भयो।