2 Samuel 24:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योआबले राजालाई उत्तर दिए, “राजा! परमप्रभु हाम्रा परमेश्वरले इस्राएलीहरूको सङ्ख्या आजको भन्दा सय गुणा बढी गराऊन् र हजुरले त्यो दिन देखुञ्जेलसम्म जीवित रहनुहोस्। तर किन यो जनगणना लिन चाहनुहुन्छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर योआबले राजालाई भने, “परमप्रभु हजूरका परमेश्वरले मानिसहरूलाई सय गुणा वृद्धि गरिदेऊन्, र हजूर मेरा मालिकका आँखाले ती सबै कुरा देख्न पाऊन्। तर मेरा मालिक राजाले यस्तो काम किन गर्न चाहनुहुन्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर योआबले राजालाई जवाफ दिए, “याहवेह तपाईंका परमेश्वरले तपाईंका सेनाहरूलाई सय गुणा बढाइदेऊन्। अनि मेरा मालिक महाराजाका आँखाले ती सेनाहरूलाई देखून्। तर मेरा मालिक महाराजाले किन जनगणना गर्न चाहनुहुन्छ?”
Nepali ERV (पवित्र बाइबल)
तर योआबले राजालाई भने, “परमप्रभु परमेश्वरले तपाईंलाई 100 गुणा ज्यादा मानिस दिए र आशीर्वाद दिऊन्। अनि तपाईंका आफ्नै आँखाले ती सबै घटेको देख्न पाओस्। तर तपाईं किन यसो गर्न चाहानु हुन्छ?”