2 Samuel 3:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद हेब्रोनमा भएको बेला अबनेरले यसो भनेर दूतहरू पठाए, “यस देशमा कसले राज्‍य गर्ने हो? मसित मिलाप गर्नुहोस् र सारा इस्राएललाई तपाईंको अधिकारमा ल्‍याउन मद्दत गर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि अबनेरले हेब्रोनमा दाऊदकहाँ यसो भनेर दूतहरू पठाए, “यो देश कसको हो? हामी मिलाप गरौं, र म सारा इस्राएललाई तपाईंतर्फ ल्‍याउनलाई सकेसम्‍म कोशिश गर्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि अबनेरले आफ्नो पक्षबाट दावीदसित यसरी भन्‍नू भनेर दूतहरू पठाए, “यो देश कसको हो? मसित सन्धि गर्नुहोस्, र म सारा इस्राएललाई तपाईंकहाँ ल्याउनलाई सहायता गर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
अबनेरले दाऊदकहाँ दूत पठाए। अबनेरले खबर दियो, “यो भूमिमा कसले शासन गर्नु पर्छ हामी बिचमा त्यहाँ एउटा सन्धि होस् अनि म तिमीलाई इस्राएलका शासक बन्नमा सहायता गर्छु।”