2 Samuel 3:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले जवाफ दिए, “ठीक छ, म तिमीसित एक शर्तमा सम्‍झौता गर्नेछु। जब तिमी मलाई भेट्‍न आउँछौ, तिमीले शाऊलकी छोरी मीकललाई लिएर आउनुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दाऊदले यस्‍तो जवाफ पठाए, “बेस्, म तिमीसँग मिलाप गर्नेछु, तर यो एक शर्तमा, कि शाऊलकी छोरी मीकललाई मकहाँ ल्‍याएपछि मात्र तिमी मेरो सामु आऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले भने, “ठिक छ, म तिमीसँग सन्धि गर्नेछु। तर म तिमीबाट एउटा कुरा माग गर्छु। तिमीले मलाई भेट्न आउँदा शाऊलकी छोरी मीकललाई नलिई आउन पाउनेछैनौ।”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले जवाफ दिए, “ठीक छ! म एउटा सन्धि गर्छु। तर म तिमीलाई एउटा शर्त राख्छुः जब सम्म तिमी शाऊलकी छोरी मीकललाई लिएर मकहाँ आउँदैनौ म तिमीसित भेट गर्ने छौन।”