2 Samuel 3:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पल्‍तिएल रुँदै मीकललाई पछ्याएर बहूरीम सहरसम्‍म गए। अबनेरले तिनलाई “अब घर फर्क”, मात्र भने र तिनी घर फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अबनेरले तिनलाई घर फर्किजान भनी हुकुम नगरुञ्‍जेल पल्‍तिएल रुँदै-रुँदै बहूरीमसम्‍म मीकलको पछिपछि आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि तिनका पति तिनको पछि-पछि रुँदै तिनीसित बहूरीमसम्मै गए। तब अबनेरले पल्तिएललाई भने, “फर्केर घर जाओ!” यसकारण तिनी फर्केर गए।
Nepali ERV (पवित्र बाइबल)
मीकलका लोग्ने पलतीएल रूँदै उसको पछि बहूरीम सम्म गए। तर अबनेरले पलतीएललाई, “उसको घर फर्केर जानु” भनेको हुनाले फर्किए।