2 Samuel 3:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसर्थ राजाकहाँ गई योआबले भने, “हजुरले के गर्नुभएको? अबनेर हजुरकहाँ आएका रहेछन्, हजुरले किन त्‍यसरी छोडिदिनुभयो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाकहाँ गएर योआबले भने, “हजूरले यो के गर्नुभयो? अबनेर यहाँ हजूरकहाँ आएका थिए। हजूरले कसरी उनलाई त्‍यसै जान दिनुभयो? उनी त त्‍यसै उम्‍केर गइहाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण योआब राजाकहाँ गएर भने, “तपाईंले के गर्नुभयो? हेर्नुहोस्, अबनेर तपाईंकहाँ आएका थिए। तपाईंले तिनलाई किन जान दिनुभयो? अब तिनी गइसकेका छन्!
Nepali ERV (पवित्र बाइबल)
योआब राजाकहाँ आएर भने, “तपाईंले के गर्नु भयो? अबनेर तपाईंसित भेट्न आयो तर तपाईंले त्यसलाई केही गर्नु भएन किन?