2 Samuel 3:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनी त यहाँ हजुरलाई छल्‍न र हजुरले के-कसो गर्नुहुन्‍छ र कहाँ जानुहुन्‍छ, सो बुझ्‍न आएका थिए। हजुरलाई यो कुरा याद हुनुपर्ने हो!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हजूरले नेरका छोरा अबनेरलाई चिन्‍नु नै भएको छ। उनी हजूरलाई छल गर्न, हजूरको चाल बुझ्‍न र हजूर के गर्दैहुनुहुन्‍छ सो जान्‍नलाई आएका थिए।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले नेरका छोरा अबनेरलाई जान्‍नुहुन्छ। तिनी तपाईंलाई धोका दिन र तपाईंका गतिविधि चियो गर्न अनि तपाईंले गरिरहनुभएका हरेक कुरा बुझ्न मात्र आएका थिए।”
Nepali ERV (पवित्र बाइबल)
तपाईंले अबनेर ‘नेरका’ छोरालाई चिन्नु हुन्छ। ती तपाईंलाई धोकादिन आएका हुन्। ती तपाईंको कामकाजहरू अध्ययन गर्न आएका हुन्।”