2 Samuel 3:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदसित बिदा भएपछि योआबले अबनेरलाई बोलाउन दूतहरू पठाए र तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काएर ल्‍याए। तर दाऊदलाई यसबारे केही थाहा भएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब योआब दाऊदको सामुन्‍नेबाट निस्‍के, तब तिनले अबनेरको पछि समाचारवाहकहरूलाई पठाए, र तिनीहरूले अबनेरलाई सीराको इनारदेखि फर्काएर ल्‍याए। तर दाऊदलाई यो सब थाहा थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब योआब दावीदको उपस्थितिबाट गए, र अबनेरको पछि दूतहरूलाई पठाए। तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काएर ल्याए। तर यो कुरा दावीदलाई थाहा थिएन।
Nepali ERV (पवित्र बाइबल)
योआबले दाऊदलाई छोडेर गयो। उसले सीराको पोखरीको छेउमा भएका दूतहरूलाई अबनेरकहाँ पठायो। दूतहरूले अबनेरलाई फर्काएर ल्याए तर यो कुरा दाऊदले थाहा पाएनन्।