2 Samuel 3:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका हात बाँधिएका थिएनन्, तिनका पाउ पनि बाँधिएका थिएनन्; तिनी अपराधीका हातबाट मारिए!” फेरि मानिसहरू पनि अबनेरको निम्‍ति रोए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रा हात बाँधिएका थिएनन्, तिम्रा गोड़ामा साङ्‌ला लागेका थिएनन्, तिमी त दुष्‍टहरूका हातमा परेझैँ ढल्‍यौ।” अनि मानिसहरू तिनको निम्‍ति फेरि रोए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रा हातहरू बाँधिएका थिएनन्, न त तिम्रा पाउहरूमा साङ्ला थिए, तिमी दुष्‍ट मानिसहरूको सामु ढलेझैँ ढल्यौ।” अनि सबै मानिसहरू तिनको निम्ति फेरि रोए।
Nepali ERV (पवित्र बाइबल)
अबनेर, तिम्रा हातहरू बाँधिएका थिएनन्। तिम्रा खुट्टाहरूमा साङ्गली बाँधिएको थिएन। होइन, अबनेर, तिमीलाई दुष्ट मानिसहरूद्वारा मारीयो।” तब सबै मानिसहरू तिनको मृत्यु शोकमा फेरि रूनथाले।