2 Samuel 3:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दिनभरि मानिसहरूले दाऊदलाई केही भोजन गराउने चेष्टा गरे; तर तिनले यस्तो गम्भीर शपथ खाए, “सूर्य अस्ताउनुभन्दा अघि मैले केही कुरा खाएँ भने परमेश्वरले मेरो प्राण लेऊन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले दाऊदलाई अझै दिन बाँकी रहँदा केही खाऊन् भनेर मनाउनलाई आए, तर दाऊदले शपथ खाएर यसो भने, “सूर्यास्तअघि मैले कुनै किसिमले खानेकुरा छोएँ भने, परमेश्वरले मप्रति कठोर व्यवहार गरून्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती सबै मानिसहरू आए। अनि दिन छँदै दावीदलाई केही खान आग्रह गरे; तर दावीदले शपथ खाएर यसो भने, “यदि मैले घाम अस्ताउन अगि रोटी अथवा केही चाखेँ भने परमेश्वरले मप्रति कठोर व्यवहार गरून्!”
Nepali ERV (पवित्र बाइबल)
दिनभरि नै मानिसहरू आएर दाऊदलाई भोजन ग्रहण गर्न अनुरोध गरे। तर दाऊदले प्रतिज्ञा गरेका थिए। उसले भने, “यदि घाम अस्ताउनु अघि मैले भोजन ग्रहण गरें भने परमेश्वरले मलाई धेरै दुःखहरूले दण्ड दिऊन्।”