2 Samuel 4:7 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घरभित्र पसेपछि तिनीहरू ईश्‍बोशेतको सुत्‍ने कोठामा गए, त्‍यहाँ ईश्‍बोशेत मस्‍त निद्रामा थिए र तिनीहरूले तिनलाई त्‍यहीँ मारे। तिनीहरूले तिनको टाउको काटे र टाउको लिएर रातभरि हिँडी यर्दनको बेसी पार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ईश्‍बोशेत आफ्‍नो कोठामा सुतिरहेको बेलामा उनीहरू घरभित्र पसेका थिए। तिनलाई छुरी हानी मारिसकेपछि उनीहरूले तिनको शिर काटे र त्‍यो आफूसँग लगे, र अराबाबाट रातभरि हिँड़ेर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ईश्बोशेत आफ्नो सुत्ने कोठामा पलङमा सुतिरहेको समयमा तिनीहरू तिनको घरभित्र पसेका थिए। तिनीहरूले तिनलाई छुरी रोपेर मारिसकेपछि तिनको शिर काटे, र त्यो आफूसँगै लिएर रातभरि अराबाको बाटो यात्रा गरिरहे।