2 Samuel 5:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले परमप्रभुलाई सोधे, “म पलिश्‍तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले मलाई विजयी गराउनुहुनेछ?” परमप्रभुले जवाफ दिनुभयो, “हुन्‍छ, आक्रमण गर्‌, म तँलाई विजयी गराउनेछु!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दाऊदले परमप्रभुलाई सोधे, “म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूलाई मेरो हातमा सुम्‍पिदिनुहुनेछ?” अनि परमप्रभुले जवाफ दिनुभयो, “जा, म पलिश्‍तीहरूलाई तेरो हातमा सुम्‍पिदिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीदले याहवेहसँग यसो भन्दै सल्‍लाह लिए, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” याहवेहले जवाफ दिनुभयो, “जा, किनकि म पलिश्तीहरूलाई निश्‍चय नै तेरो हातमा सुम्पिदिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले परमप्रभुलाई सोध्दै भने, “के म पलिश्तीहरूसँग युद्ध गर्न निस्कौं? पलिश्तीहरूलाई हराउनका निम्ति मलाई सहयोग गर्नुहुन्छ?” परमप्रभुले दाऊदलाई भन्नु भयो, “निश्चय जाऊ, म पलिश्तीहरूलाई परास्त गर्न तिमीलाई सहायता गर्नेछु।”