2 Samuel 5:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बितेका दिनमा शाऊल हाम्रा राजा छँदा पनि तपाईंले इस्राएलीहरूलाई लडाइँमा अगुवाइ गर्नुहुन्‍थ्‍यो र परमप्रभुले तपाईंलाई प्रतिज्ञा गर्नुभएको थियो कि तपाईंले उहाँका प्रजाको अगुवाइ गर्नुहुनेछ र तिनीहरूको राजा हुनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अघि शाऊल हाम्रा राजा हुँदा पनि तपाईंले नै इस्राएलको सेनालाई लड़ाइँमा लाने र फर्काएर ल्‍याउने गर्नुहुन्‍थ्‍यो। अनि परमप्रभुले तपाईंलाई भन्‍नुभयो, तँ नै मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्‌। तँ तिनीहरूको राजा हुनेछस्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विगतमा शाऊल हामीमाथि राजा हुँदा इस्राएललाई सैनिक लडाइँमा डोर्‍याउने तपाईं नै हुनुहुन्थ्यो। अनि याहवेहले तपाईंलाई भन्‍नुभएको थियो, ‘तँ मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्, र तँ तिनीहरूका शासक हुनेछस्।’ ”
Nepali ERV (पवित्र बाइबल)
जब शाऊल हाम्रा राजा थिए, त्यस समयमा पनि तपाईं इस्राएलका सैनिक अगुवा हुनुहुन्थ्यो। तपाईंले हामीलाई युद्धमा दोह्रोयाउँनु भयो अनि तपाईंले हामीलाई युद्धबाट पछि फर्काएर ल्याउनु भयो अनि परमप्रभुले पनि तपाइलाई घोषणा गरिसक्नु भएकै छ, ‘तिमी मेरा मानिसहरूको गोठालो हुनेछौ, र इस्राएलीहरू माथि शासक हुनेछौ।”‘