2 Samuel 5:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनी बाल-पराजीममा गए र त्‍यहाँ पलिश्‍तीहरूलाई हराए। तिनले भने, “परमप्रभुले मेरा शत्रुहरूलाई बाढीले भत्‍काएझैँ भत्‍काइदिनुभयो।” यसैले त्‍यस ठाउँको नाम बाल-पराजीम भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनी उक्‍लेर गए, र उनीहरूलाई बाल-पराजीममा आक्रमण गरेर त्‍यहाँ उनीहरूलाई जिते। दाऊदले भने, “नदीले आफ्‍नो किनार भत्‍काएझैँ परमप्रभुले मेरा शत्रुहरूका पङ्‌क्तिलाई भत्‍काइदिनुभयो।” त्‍यसैले त्‍यस ठाउँको नाउँ बाल-पराजीम राखियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीद बाल-पराजीममा गए, अनि त्यहाँ तिनीहरूलाई परास्त गरे। दावीदले भने, “पानी फुटेर निस्केझैँ याहवेह मेरा शत्रुहरूको विरुद्धमा मेरो सामु बेगसित निस्कनुभयो।” यसकारण त्यस ठाउँलाई बाल-पराजीम भनियो।
Nepali ERV (पवित्र बाइबल)
तब दाऊद बाल-पराजीम गए र पलिश्तीहरूलाई त्यहीं हराए। दाऊदले भने, “परमप्रभुले मेरा शत्रुका सेनाहरूका बाँध भत्किएर छताछुल्ल पोखिएको पानी झैं भगाउनु भयो।” यही कारण दाऊदले त्यस ठाउँको नाउँ “बाल-पराजीम” राखे।