2 Samuel 5:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि एकपल्‍ट दाऊदले परमप्रभुसँग सोधे र उहाँले जवाफ दिनुभयो, “यहाँबाट तिनीहरूमाथि आक्रमण नगर्‌; तर घुमेर गई अर्कोपट्टिबाट लहरे-पीपलका बोटको छेउनेर तीमाथि आक्रमण गर्ने तयारी गर्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले परमप्रभुलाई सोधे, र परमप्रभुले भन्‍नुभयो, “यस पल्‍ट सोझै आक्रमण नगर्, तर घुमेर लहरे-पीपलहरूका सामुन्‍ने पछिल्‍तिरबाट उनीहरूलाई आक्रमण गर्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीदले याहवेहसँग सल्‍लाह लिए। अनि उहाँले भन्‍नुभयो, “यस पटक सीधै आक्रमण नगर्; तर लहरे पीपलका रूखहरूका सामु पछिल्तिरबाट तिनीहरूलाई आक्रमण गर्।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले परमप्रभुमा प्रार्थना गरे। त्यस समय परमप्रभुले दाऊदलाई भन्नुभयो, “त्यहाँ माथि नजाऊ। शत्रुका सेनाहरूलाई पछाडिबाट आक्रमण गर। पीपलका रूखको अर्को तिरबाट आक्रमण गर।